पोखरा ।अभिनेता पल शाह(पूर्णविक्रम) लाई सफाइ दिएको फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रर्दशन भएको छ ।
बाल यौन दुरुपयोगको मुद्दामा जिल्ला अदालत नवलपुरबाट दोषी ठहर भएका अभिनेता पललाई सफाइ दिएको फैसलाले गलत नजीर स्थापना भएको भन्दै शुक्रबार उच्च अदालत पोखरामा १ घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो ।
पललाई सफाई दिएपछि कतै समर्थन त कतै आलोचना भइरहेको छ । पललाई न्यायालयले सफाई दिएपछि पिडीतमाथि पिडा थपिएको र बाल यौन दुरुपयोगको घटनाले प्रशय पाएको भन्दै आलोचना भइरहेको छ ।
यस्तै आलोचनाको बीच उच्च अदालतले यौन दुर्व्यवहारलाई सामन्यिकरण गरेको भन्दै उच्च अदालत पोखराको प्रवेशद्धारमा केही युवायुववती भेला भएर प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनमा सहभागीले ‘न्यायालयले गल्ती गर्ने अधिकार छैन’, ‘पितृसत्ताको पहरेदार बनेको न्यायालय होसियार’, ‘न्यायालयले नै अन्याय गर्दा न्यायको अपील कहाँ गर्ने रु’ ‘पोलेर बोलेको’, ‘बलत्कारलाई प्रवद्र्धन गर्ने संस्कार बन्द गरौं’, लगायतको पम्पलेट बोकेका थिए ।
उच्च अदालतबाट आइतबार बाल यौन दुरुपयोग अभियोगमा सफाइ पाएपछि तनहुँ कारागारमा रहेका शाह सोमबार रिहाइ भइसकेका छन् ।
नाबालिग बलात्कार अभियोग लागेका शाहलाई नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोगमा दोषी ठहर गरेको थियो ।तर उच्च अदालत पोखराका कायमुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको थियो ।