आठ दलीय गठबन्धनका सांसदहरुको भेला आज पोखरामा

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले आज पोखरामा प्रदेशका सांसदहरुको भेला गदैछ । सातै प्रदेशका राजधानीमा आठ दलका प्रदेश सांसदको भेला गर्ने निर्णय अनुसार आज पोखरामा गण्डकी प्रदेश स्तरिय भेला आयोजना गरिएको हो । गठबन्धनको बनाउनुको औचित्य लगायतका विषयमा केन्द्रीय प्रतिनिधिले सांसदहरुलाई जानकारी गराउने छन् ।

केन्द्रीय प्रतिनिधिका रुपमा उपसभापति धनराज गुरुङ पोखरा आएका छन् ।

अन्य विषयमा छलफल भए पनि भेला राष्ट्रपति निर्वाचनको विषयमा केन्द्रीत हुने नेपाली कांग्रेसका सांसद प्रकाश बरालले जानकारी दिए । राष्ट्रपति निर्वाचनमा आठ दलका साझा उम्मेदवारमा रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गरिसेका छन् ।

  • १९ फाल्गुन २०७९, शुक्रबार १०:२६ प्रकाशित