काठमाडौं ।
अभियन्ता शर्मिला वाइवाले विष सेवन गरे पछि अस्पताल भर्ना गरिएको छ । उनको हाल वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गए राति विष सेवन गरेकी वाइवालाई तत्कालै अस्पताल लगिएको थियो । अहिले अस्पतालको आइसीयू कक्षमा उनको उपचार भइरहेको काठमाडौँ प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।
वाइवाले घरमा नै विष सेवन गरेकी हुन् । । उनी खतरामुक्त रहेको बताइएको छ । पछिल्लो समय सामाजि संजालमा चर्चामा रहेकी वाइवा पत्रकार ऋषि धमलासंगको विवादीत अन्र्तवर्ता दिएकी थिइन् ।
उनले विष सेवन गर्नुको कारण खुलेको छैन । निकट स्रोतका अनुसार केही समयदेखि उनी डिप्रेसनमा छिन् । पत्रकार ऋषि धमलासँग नाम जोडिएर उनी विवादमा आएकी थिइन् ।