प्रतिनिधिसभामा रहमानको निधनप्रति शोक प्रस्ताव पारित

केन्द्रभाग मिडिया

काठमाडौँ ।
प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत गरिएको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिरुपमा पारित गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो ।

जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सदस्य रहेकी रहमानको फागुन १३ गते ६३ वर्षको शनिबार हृदयघातबाट निधन भएको थियो ।

उनले वञ्चितीकरणमा परेका समुदायको सशक्तीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी थिइन् । दिवङ्गत सांसद रहमानको आत्माको चीर शान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारण गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १७ गते दिउँसो १ बजे बस्नेछ ।

  • १५ फाल्गुन २०७९, सोमबार १५:३१ प्रकाशित