सुर्खेत ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई बेवास्ता गरेर कसैले मुलुक चलाउन नसक्ने बताएका छन् । सुर्खेत विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डले अहिले आएर आफूहरुको महत्व बुझेको टिप्पणी गरे ।
‘आज बिहान मात्रै प्रधानमन्त्रीजीसँग भेट भयो । उहाँ भन्दै हुनुहुन्थ्यो तपाईंलाई पहिले नै सरकारमा सहभागी गराउन कति चाहेको थिएँ तर हुँदै भएन,’ नेपालले भने, ‘हो पनि हामीलाई कसैले बेवास्ता गरेर यो मुलुक चलाउँछु भन्ने ठान्छ भने त्यो समयमै सचेत भएर चलोस् । हामीलाई कसैले पनि माइनस, मिनिमाइज गर्न सक्दैन ।’
नेपालले राष्ट्रपति निर्वाचनका लागि गरिएको आठ दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने दावी समेत गरे ।