सिंहदरबारको क्यान्टिनमा आकस्मिक अनुगमन, सञ्चालकलाई ३ लाख जरिवाना

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सिंहदरबार परिसरभित्र रहेको केन्द्रीय क्यान्टिनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आकस्मिक अनुगमन गरेको छ । आइतबार विभागको बजार निरीक्षण अधिकृतको टोलीले अनुगमन गरेको हो ।

सो क्रममा उक्त क्यान्टिनमा खानयोग्य अवधि सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थ भेटिएको छ । यसका साथै दुर्गन्धित मासु र तरकारी समेत फेला परेपछि टोलीले त्यस्ता सबै वस्तुहरू तत्काल नष्ट गरेको छ ।

साथै उक्त क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेना गृह र सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरीतको कसुर गरेको भन्दै ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

  • १५ फाल्गुन २०७९, सोमबार १०:५४ प्रकाशित