बलात्कारका अभियुक्त हतकडीसहित प्रहरीकै भ्यानबाट फरार

केन्द्रभाग मिडिया

symbolic picture

जनकपुरधाम ।

धनुषामा बलात्कारका एक अभियुक्त हतकडीसहित फरार भएका छन् । भ्यानबाट हाम फालेर बलात्कार मुद्दाका एक अभियुक्त हतकडीसहित फरार भएका छन् ।

बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया प्रहरीको भ्यानबाट हाम फालेर फरार भएका हुन् ।

आइतबार जिल्ला अदालत धनुषाबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किदै गर्दा साँझ साढे ७ बजे यदुकुहास्थित कमला नहर नजिक भ्यानबाट हामफालेर भागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन् । रातिदेखि नै उनको खोजी कार्य तीव्र पारिएको उनले बताएका छन् ।

  • १५ फाल्गुन २०७९, सोमबार ०९:२४ प्रकाशित