धनकुटा ।
धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित ज्यामिरेका ७० वर्षीय मानबहादुर बस्नेतको हत्या आफ्नै नातिले गरेको खुलासा भएको छ। हत्या बिहीवार राति भएको थियो।
घटनामा संलग्न भएको आशंकामा शुक्रवार पक्राउ परेका सालघारी घर भएका २२ वर्षीय निरज कटुवालले आफूले मानबहादुरको हत्या गरेको स्विकारेको प्रहरीले जनाएको छ।
कटुवालले हत्या गरेका मानबहादुर आफ्नै मावली हजुरबुबा भएको प्रहरीले जनाएको छ। उनले प्रहरीसामु अझै ५ जनालाई काट्ने धम्की दिएका छन्।
बस्नेतको घरभन्दा १५ मिनेट टाढा सालघारी घर भएका नाति निरज कटुवालले राति आाएर मावली हजुरबुबाको हत्या गरेको प्रहरीलाई वयानमा बताएका छन्।