राष्ट्रपतिमा रामचन्द्र विजयी हुने पिक्चर क्लियर छ : माधव नेपाल

केन्द्रभाग मिडिया

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपतिमा कांग्रेसबाट उम्मेदवारी दिएका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने निश्चितता व्यक्त गरेका छन् ।

आज धनुषा पुगेका नेपालले पुनः ब्यूँतिएको आठ दलीय गठबन्धनबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने पिक्चर क्लियर रहेको बताएका हुन् ।

यस्तै नेपालले नेकपा एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने समेत बताएका छन् ।प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि धनुषाको लालगढ पुगेका नेपालले भने, ‘सरकार पुनर्गठनबारे छलफल भएको छैन् । तर एमालेलाई किन सरकारबाट निकाल्ने रु एमालेसहितका राष्ट्रिय सरकार बन्नुपर्छ ।’

अध्यक्ष नेपालले कांग्रेस र माओवादीलाई धोका दिन नचाहेरै राष्ट्रपति एमालेको प्रस्तावमा बन्न अस्वीकार गरेको बताए ।

  • १४ फाल्गुन २०७९, आईतवार १५:५२ प्रकाशित