पूर्व डिआइजी रमेश खरेलको आरोप : भने,‘देश सिण्डिकेटले चलेको छ’

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

पूर्व डिआइजी तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले देश सिन्डिकेटमा चलेको आरोप लगाएका छन् ।

शुक्रवार विवेकशील साझा पार्टीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले तल्लो तहदेखि सिंहदरबारसम्म सिन्डिकेटले चलेको बताएका हुन् ।

‘यो देश सिन्डिकेटले चलेको छ । तल्लो तहदेखि सिंहदरबारसम्म चलेको छ । भागबन्डा र व्यक्तिगत स्वार्थमा चलेको छ’, अध्यक्ष खरेलको भनाइ छ । उनले देशलाई माया गर्ने र राष्ट्र जोगाउने हो भने नयाँ शिराबाट जानुपर्ने र वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताए ।

  • २७ माघ २०७९, शुक्रबार १५:२६ प्रकाशित