प्रधानमन्त्री प्रचण्ड र बंगलादेशका राजदूतबीच भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बंगलादेशका राजदूत नोमान चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको भेटमा दुई पक्षीय सम्बन्ध, जलविद्युत, व्यापार र कनेक्टिभिटी लगायतका विषयमा छलफल भएको थियो ।

  • २७ माघ २०७९, शुक्रबार १४:५८ प्रकाशित