सुदूरपश्चिम सरकारबारे ओलीले भने,‘ठिकै छ, जोगिन्छ होला’

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

एमालेको भागमा परेको सुदूरपश्चिमको मुख्यमन्त्रीको पद धरापमा परेको छ । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान लिएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलको पद धरापमा परेको हो ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर बाहिरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको सरकार जोगिने जिकिर गरेका छन् ।

प्रचण्डसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुले सुदूरपश्चिमको सरकार के हुन्छ रु भनेर सोधेको प्रश्नमा उनले भने, ‘जोगिन्छ होला । ठीकै छ ।’

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत नलिए सुदुरपश्चिम सरकार ढल्छ ।

  • २६ माघ २०७९, बिहीबार १६:५२ प्रकाशित