यी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज पोखरासहित देशका अधिकांश ठाउँमा मौसम बदली भएको छ ।बिहानैदेखि आकाश धुम्मिदाँ तुलनात्मक रुपमा आज अलि बढि चिसो महसुस भएको छ । आज प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ ।

यसैबीच प्रदेश नं. १, बागमती प्रदेश, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि (शुक्रबार) पनि प्रदेश १ र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

  • २६ माघ २०७९, बिहीबार ०९:११ प्रकाशित