नेपाली भाषीलाई आप्रवासी भनेपछि सिक्किममा बन्द–हड्ताल

केन्द्रभाग मिडिया

काठमाडौ ।

सिक्किमका नेपाली भाषी रैथानेलाई आप्रवासी भनेपछि सुरु भएको तनाब बन्द हड्तालसम्म पुगेको छ । जनवरी १३ को भारतीय सर्वोच्च अदालतको फैसलाले ‘आप्रवासी’ र ‘विदेशी’ भनेपछि सिक्किममा तनाब बढेको हो ।

गत शुक्रबारबाट प्रमुख प्रतिपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्टले शनिबार र आइतबार बन्द गर्‍यो । शनिबार बन्दको कार्यक्रम दक्षिण सिक्किमको नाम्चीमा सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चासग बन्दकर्ताको भिडन्त भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

यसैबीच सोमबार प्रमुख प्रतिपक्षी दलको बन्द सकिनासाथ बुधबार (फेब्रुअरी ८)मा अर्को बन्द आह्वान गरिएको छ । बन्द जोइन्ट एक्सन कमिटीले आयोजना गरेको सिक्किमको अखबार सिक्किम एक्प्रेसले उल्लेख गरेको छ । बुधबारको बन्दलाई सिक्किमका भारतीय लोकसभा प्रतिनिधित्व गर्ने सांसद इन्द्रहाङ सुब्बाले समर्थन गरेका छन् ।

  • २३ माघ २०७९, सोमबार १४:०५ प्रकाशित