पोखरा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै ओलीले एउटा प्रक्रियागत त्रुटीका कारण रविको उपप्रधानसहित गृहमन्त्री र सांसद पद गुमेको भन्दै रविको बचाउ गरेका हुन् । उनले प्रश्न गर्दै भनेका छन्, ‘यो मुद्दामा रवि लामिछानेले न्याय नपाएपछि कसले न्याय पायो ?’
‘रवि लामिछानेसँग मेरो कुनै सांगठानिक र वैचारिक सम्बन्ध छैन। नाता(सम्बन्ध पनि छैन, उहाँ मेरो पार्टीको पनि होइन तर सर्वोच्च अदालतले उहाँका विषयमा गरेको फैसला मैले बुझ्न सकेको छैन ।’
लामिछाने संसदको ढोका खुला देखेर संसदमा पसेका व्यक्ति नभएको ओलीले बताए । ‘निर्वाचन आयोगले उम्मेदवार हुन योग्य ठानेको र जनताले अत्याधिक मतसहित जिताएको व्यक्ति हो,’ ओलीले भनेएउटा प्रक्रियागत त्रुटीका कारण सबै गुम्यो र ठूलो धक्का लाग्यो।’
ओलीले सर्वोच्च अदालतको फैसलाले कसलाई न्याय भयो भन्ने कुरा आफूलाई थाहा नभएको बताए । ‘उजुरकर्ता व्यक्तिलाई के मर्का परेछ ? के अन्याय पर्यो उनलाई ? असम्बन्धित व्यक्तिले उजुरी गरेको छ,’ ओलीले भने, ‘यस फैसलाबाट कसले न्याय पायो भन्ने मैले बुझिनँ ? कसले मर्काबाट उन्मुक्ति पायो ?’