एमालेले बोलायो केन्द्रीय समितिको बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले आगामी माघ २९ र फागुन १ गते दुई दिन बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको छ ।

मंसिरमा सम्पन्न निर्वाचनको समीक्षा र पार्टी संगठन सुदृढबारे छलफल गर्न बैठक बोलाएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजालले चुनावी समीक्षा, राष्ट्रिय राजनीतिमा आएको फेरबदल र संगठन सुदृढीकरण बैठकका मुख्य एजेण्डा रहने बताए ।

  • २२ माघ २०७९, आईतवार १५:१८ प्रकाशित