काठमाडौं ।
राष्ट्रियसभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् ।
संघीय संसद सचिवालय नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन् । मनोनयनका लागि साँझसम्मको समय छ ।
उनी निर्विरोध निर्वाचित हुने सम्भावना छ । सत्ता गठबन्धनबाट माओवादीको अर्यालले उम्मेदवारी दिँदै गर्दा विपक्षी गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरिसकेको छ । कांग्रेसले पनि माओवादीको अर्याललाई समर्थन गर्ने भएको छ ।
रिक्त पदको यही माघ २५ गते उपनिर्वाचन हुँदैछ ।