काठमाडौंको पुरानो बानेश्वरमा ७ वर्षीय छोरी र बाबु मृत भेटिए

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंको पुरानो बानेश्वरमा बाबु छोरी मृत भेटिएका छन् । रामेछाप घर भएका फार्मेसी सञ्चालक ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएको प्रहरीले बताएको छ ।

प्रहरी वृत्त, बानेश्वरका डीएसपी मिमबहादुर लामाका अनुसार शनिबार साँझ ६ बजे दुई जनाको शव भेटिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा किशोरले छोरीको हत्या गरि आफुले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । भण्डारीको छोरीमाथि धारिलो हतियार प्रहार भएको देखिएको छ।

बुबा किशोर चाहिँ झुण्डिएको अवस्थामा फेला परेका थिए ।घटनास्थलमा प्रहरीले सुसाइड नोट समेत फेला परेको छ । त्यसमा आर्थिक समस्या लगायत विविध विषय उल्लेख गरिएको प्रहरीको भनाइ छ ।

  • २२ माघ २०७९, आईतवार १०:४७ प्रकाशित