राष्ट्रपतिमा सहमति नभए विचार मिल्ने दलहरूसँग मिलेर जाने माओवादीको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको अधिकतम प्रयास गर्ने निर्णय गरेको छ । कांग्रेसले सरकारलाई विश्वासको मत दिएकाले यो वा दल नभनी माओवादीले राष्ट्रिय सहमतिको पहल गर्ने शनिबार सम्पन्न स्थायी कमिटी बैठकले निर्णय माओवादीको छ ।

सरकारको नेतृत्व गरिरहेको माओवादीले राष्ट्रपति निर्वाचनमा सकेसम्म राष्ट्रिय सहमति गर्ने र त्यसो नहुँदा जोसँग विचार र लक्ष्य मिल्छ उसैसँग मिलेर जाने निर्णय माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

यदि सहमति नभएमा विचार र कार्यदिशा मिल्ने दलहरूसँग मिलेर अघि बढ्ने निर्णय भएको पौडेलले बताए । अहिलेसम्म एमालेलाई बाहिर राखेर सहमतिको कुरा नगरिएको भन्दै पौडेलले सरकारलाई सहयोग गर्ने दलहरुबीच पनि छलफल हुने बताए ।

  • २१ माघ २०७९, शनिबार १६:४७ प्रकाशित