मुल्य नपाएको भन्दै कृषकले सडकमा फाले तरकारी

केन्द्रभाग मिडिया

चितवन । मेहनत गरेअनुसारको मुल्या नपाएको भन्दै तरकारी उत्पादक कृषकले सडकमै तरकारी फालेर विरोध प्रर्दशन गरेका छन् ।

स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध गरेका हुन् ।

उनीहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा, काउली, बन्दा, पर्वर लगायतका तरकारी फालेर आन्दोलन गरे ।

तरकारीमा किसानको पसिना मिसिएको र पसिनाको मूल्य पनि नपाएको भन्दै कृषक आक्रोशित भएका हुन् । आफूहरुको समस्या सरकारले पटक्कै नसुनेको कृषको गुनासो छ ।

तरकारी बोक्ने सवारी साधनसहित जम्मा भएका किसानहरुले बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिँदैन भन्दै प्लेकार्ड र ब्यानर बोकेका थिए ।

लागत अनुसारको तरकारीको मूल्य सरकारले तोक्नुपर्ने र भारतीय तरकारीको आयात रोक्नुपर्ने माग उनीहरुले गरे ।

  • २० माघ २०७९, शुक्रबार १६:०१ प्रकाशित