हिजो पक्राउ परेका सांसद अरुण चौधरी जेल चलान

केन्द्रभाग मिडिया

काठमाडौं ।

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । हिजो(बिहीबार) पक्राउ परेका उनलाई आज जेल पठाइएको हो ।

२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको अभियोगमा भन्दै कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनालाई २०७० वैशाख ९ गते छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

सोही फैसला कार्यान्वयन गर्न भन्दै प्रहरीले उनलाई बिहीबार बाँके कोहलपुरबाट पक्राउ गरेको थियो । शुक्रबार बिहान उनलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको थियो । अदालतबाट कैदी पुर्जी बुझेर उनी जेल चलान भएका हुन् ।

उनी कैलाली(२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

  • २० माघ २०७९, शुक्रबार १४:३६ प्रकाशित