काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने कि नबाहिरिने भन्ने निर्णय दुई दिनपछि मात्रै गर्ने भएको छ । हिजो (बिहीबार) बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
बैठक जारी रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सभापति रवि लामिछानेलाई फोन गरेर २ दिनको समय मागेपछि कुर्ने निर्णय नगरेको बैठकपछि प्रवक्ता मुकुल ढकालले बताए ।
उनले २ दिनभित्र उच्चस्तरीय संयन्त्रको बैठक बसेर सकारात्मक जवाफ नआए जस्तोसुकै निर्णय गर्न सकिने पनि बताए ।नागरिकता विवादमा मुछिएपछि पद गुमाएका रास्वपा सभापति लामिछानेले नागरिकता सक्रिय भएसँगै गृह मन्त्रालय पाउनुपर्ने अडान राखेका थिए । तर, उनलाई गृह मन्त्रालय दिन नसकिने प्रधानमन्त्री प्रचण्डले बताएपछि रास्वपा सरकारबाट बाहिरिने धम्की दिँदै आएको थियो ।