जिल्ला समन्वय समिति कास्की प्रमुख पौडेललाई पितृशोक

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेललाई पितृ शोक परेको छ । पौडेलका पिता ८८ बर्षीय शिवलाल पौडेलको शुक्रबार विहान ५ः ३० बजे बिहान उपचारको क्रममा निधन भएको हो ।

स्वर्गीय शिवलाल पौडेलको अहिले बिहान १० बजे आफ्नै निवास पोखरा १७ (बराल फिड) अगाडि बाट शव यात्रासहित शान्ति घाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।

समाजसेवी स्वर्गीय पौडेलका तीन छोरा (जिल्ला समन्वय समिति प्रमुख लीलाधर पौडेल, पुष्पराज पौडेल, दिवाकर पौडेल) र तीन छोरी (उजेली, सावित्री,सन्ध्या) छन् ।

 

  • २० माघ २०७९, शुक्रबार ०७:३४ प्रकाशित