सुर्खेत ।
पछिल्लो समय विभिन्न बहानामा आत्मदाहको प्रयासको समाचारहरु बाहिरिएको छ । इलामका प्रेमप्रसाद आचार्यले आर्थिक समस्याका कारण आत्मदाह गरेपछि देशका छुट्टाछुट्टै जिल्लामा यस्ता घटना दोहोरिएका छन् ।
यसैबीच आज जुम्लामा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । जुम्ला चन्दनाथ नगरपालिकास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४० वर्षीय सवारी चालक गोकर्ण कार्कीले आत्मदाह गर्ने प्रयास गरेका हुन् । कार्कीले रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउनु पर्ने माग गर्दै आत्मदाह प्रयास गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि उनले पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिए ।
भ्रष्टाचारीलाई कारबाही हुनु पर्ने, रवि लामिछानेले न्याय पाउनुपर्ने, गृहमन्त्री बनाउनुपर्ने भन्दै ४० वर्षीय उनले आत्मदाह प्रयास लागेको रिजालले बताइन् ।