९ किलो सुनसहित क्यानडेली नागरिक एयरपोर्टबाट पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराती सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन् ।

९ किलो सुनसहित क्यानडाका ३५ वर्षीय मोहम्मद कमल माहगोब पक्राउ परेका हुन् । दुबईबाट सुन लिएर आएका माहगोबलाई विमानस्थलमा चेकजाँचको क्रममा गएराती १२ बजे नियन्त्रणमा लिइएको भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढाले जानकारी दिएका छन् ।

उनी फ्लाई दुबईको एफ–२५७३ विमान मार्फत काठमाडौँमा ओर्लिएका हुन् । माहगोव पहिलोपटक नेपाल आएको बताइएको छ ।

  • १९ माघ २०७९, बिहीबार ०९:११ प्रकाशित