उचाइमा आइसकेका जहाजले अब ‘रनवे फेर्न’नपाउने भएका छन् ।
भीएफआर ९भिज्युअल फ्लाइट रुल० अनुसार जहाज अवतरणका दौरान जमिनबाट १ हजार फिटको उचाइमा आइसकेका जहाजले अब निर्धारित धावनमार्ग फेरेर जहाज मोड्न नपाउने भएका हुन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उड्ने सबै वायुयानका लागि यस्तो नियम ल्याएको छ । प्राधिकरणका अनुसार यो नियम छोटो धावनमार्ग भएका पहाड र हिमालका विमानस्थलमा ५ सय फिट तोकिएको छ । अन्य सबै विमानस्थलमा भने सो उचाइ भन्दा तल झरिसकेपछि पाइलटले जहाज अवतरण गराउन पर्नेछ ।
१ माघमा पोखरामा भएको यती एयरलाइन्सको जहाजले सुरुमा रनवे धावनमार्गको एक छेउ ‘थ्रीजीरो’बाट अवतरणका लागि अनुमति पाएको थियो । तर, पाइलटले जहाजलाई मोडेर अर्को छेउ ‘वानटु’बाट जहाज अवतरण गराउने निर्णय लिएका थिए ।
जहाज जमिनको धेरै तल आइसकेको अवस्थामा लिइएको यो अस्वभाविक फन्कोलाई नै विज्ञहरुले दुर्घटनाको कारण भन्ने गरेका छन् । यद्दपि यसबारे सरकारले गठन गरेको छानविन आयोगले अनुसन्धान गरिरहेको छ ।प्राधिकरणले उक्त दुर्घटनामा देखिएको यसै कमजोरीलाई सच्याउने गरी नयाँ निर्णय लिएको हो ।
प्राधिकरणका अनुसार अब आईएफआर (इन्स्ट्रुमेन्ट फ्लाइट रुल) प्रणाली जडान भएका सबै विमानस्थलमा भीएफआर (भिज्युअल फ्लाइट रुल)अनुसार जहाज उडाउन प्राधिकरणले रोक लगाएको छ ।
प्राधिकरणको यो नियम अनुसार अब तराईका सबै विमानस्थल र पोखरा ९आईएफआर सिस्टम जडान भएपछि०मा भीएफआर उडान हुने छैन ।