राष्ट्रपतिको चुनावसम्म प्रम दाहालले गृहसहित तीन मन्त्रालय आफैसँग राख्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रपतिको चुनाव नहुँदासम्म प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहसहित तीन मन्त्रालय आफुसँग राख्ने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले गृह सहित वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय राष्ट्रपतिको चुनाव नहुँदासम्म राख्ने योजना बनाएका हुन् । राष्ट्रपतिको अगामी फागुन २५ गते र उपराष्ट्रपतिको चैत ३ गते चुनाव गर्ने मिति तोकिएको छ ।

पूर्व गृहमन्त्री रवि लामिछानेले गृह आफुहरुले नै पुन पाउनुपर्ने बताइरहेका छन् । हिजो मात्रै प्रम दाहाललाई भेट्न रवि बालुवाटार पुगेका थिए । भेटमा दाहालले सकारात्मक जवाफ नदिएपछि रविले गृह नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको बताइएको थियो ।

गृह मन्त्रालयका विषयमा पार्टी भित्र र बाहिरबाट दाहाललाई अनेक खालका दबाब रहेका छन् ।

  • १८ माघ २०७९, बुधबार १६:०७ प्रकाशित