कांग्रेस नेता अफताबले जेलभित्रै बिचौलिया शासन चलाएको आरोप

केन्द्रभाग मिडिया

काठमाडौं ।

जेल जीवन कटाइरहेका नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमले जेलभित्रबाटै बिचौलिया शासन चलाएको आरोप लागेको छ ।

दर्जनौँ मानिसलाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेका आलमले जेलभित्र बिचौलियामार्फत लुटतन्त्र मच्चाएको भन्दै कारबाहीको माग भएको छ ।

प्रतिनिधिसभाको बुधवारको बैठकमा शून्य समयमा बोल्दै रौतहट २ बाट निर्वाचित सांसद किरण कुमार साहले जेलमा बिचौलियाहरूको प्रवेश र जेलबाटै हुने आपराधिक गतिविधिहरू नियन्त्रण हुनुपर्ने बताए ।

सांसद साहले अफताब आलमले रौतहट कारागारभित्रबाटै बिचौलियामार्फत लुटतन्त्र मच्चाएको आरोप लगाए ।

  • १८ माघ २०७९, बुधबार १४:०४ प्रकाशित