पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम लागु बारे छलफल

केन्द्रभाग मिडिया

काठमाडौं ।

अब बाइक र स्कुटरको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम लागु हुने भएको छ।

सरकारले मोटरसाइलसहित दुई पांग्रे सवारीसाधनको पछाडि बस्नेहरुले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न सरकारले छलफल थालेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा भएको बैठकमा यस्तो नियम लागू गर्नेबारे छलफल भएको हो ।

सवारी तथा यातायात ब्यबस्था ऐन २०४९ को दफा १३० को उपदफा २ मा लेखिएको छ, ‘दुई पाङ्ग्रे सवारी चलाउदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ ।’

  • १८ माघ २०७९, बुधबार ११:३१ प्रकाशित