काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच दिनकै भेटवार्ता भएको छ ।सत्ता गठबन्धन दलबीच खटपट सुरु भएको चर्चाकाबीच प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।
त्यसअघि राप्रपा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए ।सर्वोच्च अदालतको आदेशपछि रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिएसँगै अहिले गठबन्धनमा खटपट देखिएको छ ।
प्रचण्डले गृहमा रविलाई गृहमा भित्र्याउन नसकिने बताएपछि समस्या बढेको हो ।लामिछानेले हिजो मात्रै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए ।