क्यानका ७ सदस्यले गरे बैठक बहिष्कार : अध्यक्षको राजीनामा माग

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा जारी नेपाल क्रिकेट संघको बोर्ड बैठकमा ९क्यान० ७ केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्द्रको लिखितरूपमा राजिनामा माग गरेका छन् ।

मंगलबार पोखरामा बैठक सुरु भएलगत्तै क्यान असुन्तुष्ट टोलीको नेतृत्व गर्दै क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतमले अध्यक्ष चतुरबहादुर चन्द र कार्यसम्पादन समितिको राजीनामा माग गरेका हुन् ।

असन्तुष्ट समूहमा ऋषिराम गौतमसहित दाउद अन्सारी, सञ्जयराज सिंह, करन महतरा क्षेत्री, अमित विर पाण्डे, छुम्वी लामा र धर्मराज गिरी छन् ।

राजीनामा दिएर नेपाली क्रिकेटलाई माग प्रशस्त गर्न भन्दै गलत निर्णयको साक्षी नबस्ने उद्घोषसहित आफूहरूले बैठक बहिष्कार गरेको एक केन्द्रीय सदस्यले बताए ।

  • १७ माघ २०७९, मंगलवार १६:१५ प्रकाशित