सुरुङ भत्किँदा एक कामदारको ज्यान गयो, दुई घाइते

केन्द्रभाग मिडिया

संखुवासभा ।

संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेश्रोको सुरुङभित्र एक जना कामदारको ज्यान गएको छ । २ जना घाइते भएका छन् ।

पावरहाउस रहेको स्थान चिचिलाको पुखुवास्थित सुरुङभित्र काम गर्ने क्रममा मंगलबार बिहान सुरुङ भत्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले तामाङ रहेका छन् । भोजपुरका ५४ वर्षीय भीमबहादुर पाण्डे र सिन्धुपाल्चोकका ३८ वर्षीय मंगल तामाङ घाइते छन् ।

दुवै जना घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ ।

  • १७ माघ २०७९, मंगलवार १५:३१ प्रकाशित