काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले आज मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । देशमा आर्थिक संकट बढ्दै गएको भन्दै समाधानका लागि तत्काल कदम चाल्न नेपालले आग्रह गरेका छन् ।
ज्ञापन पत्र बुझाउँदै समाजवादीले आर्थिक संकटका कारण आम सर्वसाधारण मानिसलाई बाँच्न धौधौ भएको भन्दै ध्यानाकर्षण गराएको छ । दैनिकजसो आत्महत्याको घटना हुनु पनि त्यसैको कारण भएको एकीकृत समाजवादीको ठहर छ ।
अध्यक्ष माधव कुमार नेपालले हस्ताक्षर गरेको ज्ञापन पत्रमा लेखिएको छ, ‘देशको आर्थिक संकट समाधानका लागि आवश्यक व्यवस्था गरोस् ।’