काठमाडौं ।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा गृह मन्त्रालय माओवादीका हुनुपर्ने भन्दै नेताहरुले जोड गरेको छन् । नेताहरूले गृह मन्त्रीबाट रवि लामिछानेले राजीनामा दिएपछि माओवादीले लिनुपर्ने धारणा राखेका हुन् ।
पार्टी पदाधिकारी बैठकमा उपमहासचिव शक्तिबहादुर बस्नेत, सचिव हितमान शाक्य र चक्रपाणि खनालले गृह मन्त्री माओवादी केन्द्रले लिनुपर्ने धारणा राखेका छन् ।
‘प्रधानमन्त्री सफल हुन गृह, अर्थ र परराष्ट्रमध्ये एक मन्त्रालय हुनुपर्छ । अहिले कुनैपनि मन्त्रालय माओवादीको भागमा छैन’ बैठकका सहभागी एक पदाधिकारीले भने, ‘अहिले रवि जीले गृह मन्त्रीबाट राजीनामा दिएपछि पार्टीले लिनुपर्छ । पार्टीले लिएपछि जो गएपनि हुन्छ ।’ रवि लामिछानेको मुद्दा किनारा लागि नसकेको अवस्थामा पुनः गृह मन्त्रालयमा फर्काउने गल्ती गर्न नहुने धारणा राखेका छन् ।
‘