प्रहरीको हात भाँचिदिने पोखराका एक अटो मोबाइल व्यवसायी पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

प्रहरीको हात भाँचिदिएको आरोपमा पोखरामा एक जना अटो मोबाइल व्यवसायी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पश्चिमाञ्चल डिलर्स एसोसिएसनका मनोनित सदस्य तथा अटो व्यवसायी सौरभ थापा रहेको प्रहरीले जनाएको छ ।

गत बिहीबार पोखरा रामबजारस्थित भारतीय पेन्सन क्याम्पअघि राती ३ बजे थापाले चलाएको गाडीको ठक्करबाट चेकिङमा बसेका प्रहरीको हात भाँचिएको प्रहरीको भनाइ छ ।

रक्सीले मातेर गाडी चलाएका थापालाई रामबजारमा प्रहरीले रोकेपछि उनले स्टन्ड देखाउँदै अगाडि भागेको र फेरि फर्किएर आएर प्रहरीलाई हानेको आरोप लागेको छ ।

उनलाई बिहीबार पक्राउ गरी अभद्र मुद्दामा ५ दिनको म्याद थप गरिएको छ । मुद्धाको फाइल सरकारी वकिलको कार्यालयलाई बुझाइएको छ ।

उनी अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)अध्यक्ष ध्रुव थापाका छोरा हुन् । पक्राउ परेका २५ वर्षीय सौरभले बुबाको लगानीमा रहेका अटो मोबाइल व्यवसाय हेरिरहेका छन् ।

  • १६ माघ २०७९, सोमबार १५:४८ प्रकाशित