धनुषामा हिरासत कक्षको भित्ता फोरेर भागे थुनुवा : छानबिन समिति गठन

केन्द्रभाग मिडिया

काठमाडौं । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्ष फोरेर ६ जना थुनुवा भागेका छन् । सो घटनाबारे छानबिन गर्न जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरीले वेग्लावेग्लै छानबिन समिति गठन गरेको छ ।

मधेस प्रदेश प्रहरीले एसएसपी मनोजकुमार यादवको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाले डीएसपी प्रदीपकुमार क्षेत्रीको संयोजकत्वमा छानबिन समिति बनाएको छ ।

आइतबार राति खाना खाएर सुतेका ६ जना थुनुवा हिरासत कक्षको पर्खालमा दुलो बनाएर भागेका थिए । फरारहरु पक्राउ परेका छैनन् ।

प्रारम्भिक छानबिनमा कमिकमजोरी देखिएका प्रहरीलाई तत्कालै निलम्बन गर्ने जिल्ला प्रहरी र मधेस प्रदेश प्रहरीको तयारी छ ।

  • १६ माघ २०७९, सोमबार १४:५५ प्रकाशित