आफ्नै श्रीमती र छोरामाथि युवकले लगाए आगो : २ वर्षे छोराको ज्यान गयो

केन्द्रभाग मिडिया

symbolic picture

बाँके ।

बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र पत्नीलाई आगो लगाएका छन् । कोहलपुर–१ शत्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त बिकले पत्नी गंगा बिक र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका हुन् ।

बुवाले लगाएको आगोले जलेर प्रिन्सको गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । आइतबार राति १ बजे उपचारको क्रममा नाबालकको मृत्यु भएको थियो । गंगा बिकको घाँटी र ढाडमा जलेको छ ।

उनको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचार हुँदै छ । आरोपीलाई भारत तर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । दिल्ली जाने बस चढेर भागेका भानुभक्तलाई गएराति पक्राउ गरिएको बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिएका छन् ।

  • १६ माघ २०७९, सोमबार ०९:१७ प्रकाशित