मेयर बालेनविरुद्ध माइतीघरमा प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेनविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ।

डोजर आतंक मच्चाएको भन्दै काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमी पनि सहभागी भएका छन् ।

  • १५ माघ २०७९, आईतवार १६:५६ प्रकाशित