निराशाबीच देशलाई नयाँ उत्साह दिनैपर्ने चुनौती छ मलाई : प्रधानमन्त्री दाहाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निराशाका बीच आफूमा देशलाई नयाँ उत्साह दिनैपर्ने चुनौती रहेको बताएका छन् ।

आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै आफू चुनौतीपूर्ण परिस्थितिमा प्रधानमन्त्री बनेकाले आफूले देशलाई नयाँ उत्साह दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘अर्थतन्त्रको स्थिति तपाईंहरूलाई थाहा नै छ । समाज निराशातिर जाने हो कि भन्नेखालका आशंका छन् । यस्तो परिस्थितिमा मैले सरकारको नेतृत्व गरेको छु । तसर्थ, हामीले देशलाई नयाँ उत्साह दिनुपर्नेछ ।शिक्षा, स्वास्थ्य, रोजगारी, वैदेशिक रोजगारी, विकास र समृद्धिका क्षेत्रमा केही नयाँ गर्नुछ । यसका लागि तपाईंहरूको पनि सहयोग रहने मेरो विश्वास छ ।’

  • १५ माघ २०७९, आईतवार १६:०० प्रकाशित