नियुक्तिबिनै मोन्टीले सुरु गरे क्रिकेट टिमको प्रशिक्षण

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक बन्ने प्रक्रियामा रहेका मोन्टी देशाईले नियुक्तिबिना नै टिमको प्रशिक्षण सुरु गरेका छन् ।

देसाइको नियुक्ति प्रक्रिया राष्ट्रिय खेलकुद परिषदमा अड्किएको छ । अहिले उनले नेपाल क्रिकेट संघ (क्यान)को आग्रहमा राष्ट्रिय टीमको प्रशिक्षण सम्हालेको क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले बताए ।

‘क्यानबाट उहाँलाई हामीले प्रशिक्षकको रुपमा राखेपमा सिफारिस गरेका छौं । त्यहाँबाट स्विकृति आएपछि उहाँ औपचारिक रुपमा हाम्रो मुख्य प्रशिक्षकको रुपमा रहनु हुनेछ’, उनले भने ।

खेल नजिकै आइसकेकाले तत्काललाई क्यानको आग्रहमा टीमको प्रशिक्षण सम्हालेको उनले बताए

मंसीर २९ मा मनोज प्रभाकरले राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षकविहीन छ । क्यानले पुस २४ गते १ साताको समय दिएर प्रशिक्षकका लागि खुला आवेदन माग गरेको थियो ।

  • १५ माघ २०७९, आईतवार १५:४९ प्रकाशित