गण्डकी सरकारका प्रवक्ता फेरिए, कानूनमन्त्री गाहा मगरले पाए जिम्मेवारी

केन्द्रभाग मिडिया

पोखरा । गण्डकी प्रदेश सरकारको प्रवक्ता फेरिएका छन् । प्रवक्ताको जिम्मा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहा मगरले पाएका छन् ।

माघ ११ गते बसेको मन्त्रिपरिषद बैठकमार्फत सञ्चारमन्त्रीसमेत रहेका रोशनलाई प्रवक्ता बनाउने निर्णय गरेको हो ।

यसअघि सरकारका प्रवक्ता आर्थिक मालिमा मन्त्री सीताकुमारी सुन्दास थिइन् । उनलाई मुख्यमन्त्री खगराज अधिकारीले आफू नियुक्त भएकै दिन माघ २५ गते प्रवक्ता तोकेका थिए ।

  • १५ माघ २०७९, आईतवार १५:३९ प्रकाशित