पोखरा ।
पोखरामा एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका छन् । कास्कीको मादी गाउँपालिका ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका १३ काहुँखोला बस्दै आएका ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
पोखरामा १३ मा बस्दै आएका क्षेत्रीले बाथरुम भित्र पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको बताइएको छ । आत्मदाहको प्रयास गरेका कँडेललाई बचाउने क्रममा घरधनी संगीता सापकोटा पनि घाईते भएकी छिन् । संगीताको शरिरका केही भाग जलेको जनाइएको छ ।
जलेर घाइते दुबैको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसीयूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।केही दिन अघि इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका थिए । उनको उपचारको क्रममा निधन भएको थियो ।