काठमाडौँ ।
आफूले दायर गरेको मुद्दामा विशेष अदालत काठमाडौँबाट भएका फैसलामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारवटा मुद्दामा पुनरावेदन गरेको छ।
विशेष अदालतबाट सफाइ दिइएका ती मुद्दामा चित्त नबुझेपछि आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो। पुनरावेदन दिइएका
मुद्दामा सरकारी रकम हिनामिना, झुटा बिल भर्पाई, नक्कली प्रमाणपत्रका आधारमा शिक्षक नियुक्तिसँग सम्बन्धित छन्।
पुनरावेदन गरिएका मुद्दामा किशोर यादव, माधवप्रसाद यादव, देवराज ढकाल, केशलक्ष्मी श्रेष्ठ, दीपकप्रसाद ज्ञवाली, रामस्वरूप चौधरी,
पूजा कार्की, अर्जुनप्रसाद सापकोटा, प्रकाशमान जैसी, यामबहादुर घर्ती, गोकर्णप्रसाद उपाध्याय र अशोकप्रसाद तिवारी प्रतिवादी रहेको आयोगले जनाएको छ।