माओवादी स्थायी कमिटि बैठक : राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने धारणा

केन्द्रभाग मिडिया

काठमाडौँ .
नेकपा माओवादी केन्द्रका स्थायी समितिका धेरैजसो नेताहरूले राष्ट्रपति पदमा राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखेका छन् । शुक्रबार बैठकमा बोल्ने अधिकांश नेताहरूले राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि पार्टीले पहल गर्नुपर्ने उल्लेख गरे ।

‘स्थायी कमिटीमा बोल्ने अधिकांश नेताहरुले राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखेका छन् । यस विषयमा औपचारिक निर्णय गर्न बाँकी छ’ प्रवक्ता कृष्णबहादुर महराले भने, ‘राष्ट्रिय सहमति भनेको कांग्रेस र एमालेसहित सबैको सहमति भन्ने हो।’

महराले राष्ट्रिय सहमतिका लागि पहल गर्ने औपचारिक निर्णय गर्न बाँकी रहेको बताए ।

  • १३ माघ २०७९, शुक्रबार १७:१९ प्रकाशित