काठमाडौं ।
धरौटीमा हिरासतमुक्त भएसँगै निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई क्यानले टिममा फर्काउला नर्फकाउला भन्नेबारेमा चासो भइरहँदा नेपाल क्रिकेट संघ क्यानले यसबारे छलफल भइरहेको बताएको छ ।
काठमाडौंमा भएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार अघि बढ्ने बताएका छन् ।
‘आईसीसीले पनि नेपालको कानुनले जे भन्छ, त्यही अनुसार गर भनेको छ,’ चन्दले भने, ‘के गर्ने भनेर हामी सरोकारवालासँग छलफलमा छौं ।
बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।