काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी थप्ने तयारी गरेको छ । बिहिबार बोलाइएको स्थायी समिति बैठकमा पदाधिकारी थप्ने प्रस्ताव लैजान लागेको जनाइएको छ ।
उनका अनुसार आजको बैठकमा तत्कालीन सभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाउनेगरी प्रस्ताव लैजान लागिएको छ । तर हालको २१ सदस्यीय पदाधिकारीमा कति जना थप्ने भन्नेबारे छलफलपछिमात्रै थाहा हुने ती नेताको भनाइ छ ।
नेकपा माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा छन् । सापाकोटालाई महरापछिको मर्यादाक्रममा राख्नेगरी सापकोटालाई उपाध्यक्ष बनाउन लागिएको हो ।