घनश्यामलाई महासचिव बनाउने नेकपा एसको तयारी

केन्द्रभाग मिडिया

काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भूसाललाई महासचिव बनाउने तयारी गरेको छ ।

एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार, हालका महासचिव वेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भूसाललाई महासचिव बनाउने तयारी भएको हो ।

गत २९ पुसमा भूसालले एकीकृत समाजवादी प्रवेशको घोषणा गरेका थिए । भूसालले तत्कालै एकीकृत समाजवादीले सचिवालय सदस्यमा मनोनीत गरेको थियो ।

अहिले सचिवालय सदस्यकै भूमिकामा रहेका भूसाललाई महासचिव बनाउने गरी एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । २१(२२ माघमा बोलाइएको बैठकबाट भूसाललाई महासचिव चयनको निर्णय गर्ने तयारी भएको छ ।

  • १२ माघ २०७९, बिहीबार १४:४५ प्रकाशित