कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकाललाई स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकाल लागि स्थगित भएको छ । यसअघि दुई पटक सारेर माघ १५ गतेका लागि पुर्‍याइएको बैठक अनिश्चितकालका लागि फेरि स्थगित गरिएको हो ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक सूचना जारी गर्दै विशेष कारणबस बैठक स्थगित गर्नुपरेको उल्लेख गरेका छन् ।

बैठक यस अघि पुस २२ बाट २८ गते हुँदै सारेर माघ १५ मा पुर्‍याइको थियो । पाँचदलीय गठबन्धन टुटेपछि संघदेखि प्रदेशसम्म सरकारबाहिर भएको कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो ।

सरकारलाई विश्वासको मत दिएपछि पार्टीभित्र विवाद चर्किएको छ । सभापति शेरबहादुर देउवाले विवाद छल्नका लागि बैठक छलेको नेताहरूले आरोप लगाउँदै आइरहेका छन् ।

  • १२ माघ २०७९, बिहीबार १४:०३ प्रकाशित