पोखरा ।
पोखरा महानगरपालिका वडा नं १७ बाट एक युवक ड्रग्ससहित पक्राउ परेका छन् ।
पोखरा वडा नं २० स्थायी घर भई हाल शितलपथ बस्ने वर्ष २२ का सुजन गुरुङ पक्राउ परेका हुन् । उनको कोठाबाट लागू औषध डाईजापाम १०० एम्पुल, फेनेरागन ९५ एम्पुल र नुर्फिन ९५ एम्पुल गरी जम्मा २९० एम्पुल लागू औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
उनी अस्ति मंगलबार माघ १० गते साँझ ५ बजे पक्राउ परेका हुन् ।उनीमाथि कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।