विश्वप्रकाश भन्छन्,‘प्रेमप्रसादलाई श्रद्धाञ्जली दिएरमात्र हामीलाई उन्मुक्ति मिल्दैन’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रेमप्रसाद आचार्यलाई श्रद्धाञ्जली दिएर मात्र हामीलाई उन्मुक्ति नमिल्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शर्माले आचार्यको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ । दुःखी बनेर, श्रद्धाञ्जली दिएरमात्र हामीलाई उन्मुक्ति मिल्दैन ।’

नीति बदलिएर पुगेन, थिती बसाल्दै नियती बदल्ने संकल्प, कार्ययोजना र जोड दिनुपर्ने उनको भनाइ छ ।मंगलबार आत्मदाहको प्रयास गरेका आचार्यको वुधबार बिहान उपचारको क्रममा निधन भएको छ ।

  • ११ माघ २०७९, बुधबार १६:१८ प्रकाशित